आइतबार, असार १५, २०८२

कम गुणस्तरका स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

भारतीय कम्पनी ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जीएचसी ह्याण्ड स्यानिटाइजर दुईवटा व्याच न्यून गुणस्तरणको भएपछि उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्थाा विभागले अनुरोध गरेको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- भारतीय कम्पनी ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जीएचसी ह्याण्ड स्यानिटाइजर दुईवटा व्याच न्यून गुणस्तरणको भएपछि उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्थाा विभागले अनुरोध गरेको छ। 

केएस इन्टरनेशनल टेकुले आयात गरेको स्यानिटाइजर न्यून गुणस्तरणको भएपछि विभागले ती स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणलाई अपिल गरेको हो।

यसअघि राष्ट्रिय औषधि प्रयोगशाला काठमाडौंमा गरिएको नमूना परीक्षणमा व्याच नम्बर सीएआरई १२१-२२ (पाँच लिटर) र ४९-२२ (५०० एमएल) न्युन गुणस्तरको भेटिएको थियो। विभागले यी दुई व्याचका ह्याण्ड स्यानिटाइजरको बिक्री वितरण फिर्ता गर्न र सो को विवरण आफूकहाँ तत्काल पेश गर्न सम्बन्धीत उद्योग, आयातकर्ता तथा तिनका प्रतिनिधिलाई निर्देशन दिएको छ।

प्रकाशित: Dec 19, 2022| 12:28 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्