शनिबार, असार १४, २०८२

कोशी अस्पताल परिसरमा ५०० शय्याको अत्याधुनिक भवन शिलान्यास

३ वर्षभित्र निर्माण सम्पन्न हुने अत्याधुनिक भवनको कुल लागत २१ करोड ७६ लाख ९९ हजार २०० रहेको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

विराटनगर– विराटनगरको कोशी अस्पतालमा ५०० शय्याको अत्याधुनिक भवन बन्ने भएको छ। सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन्। 

कार्यक्रममा सहरी विकासमन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनलाई समयमै निर्माण सक्न निर्देशन दिए। कोशी अस्पतालको उन्नतिले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वास्थ्य क्षेत्र भन्नेबित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वास्थ्यकर्मीको व्यवहार पनि हो। स्वास्थ्यकर्मीलाई विरामीले भगवान ठान्ने गर्छन्। तसर्थ, बिरामीसँग राम्रो व्यवहार, मिठो बोलीवचन गर्नु जरुरी छ।’   

संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेशबहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताए‘भवन दुईतले बेसमेन्टसहित आठतले हुनेछ। तीन वटा इमर्जेन्सी भ¥याङ, बेड लिफ्ट, डाक्टर तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठा, कुरुवा कक्ष, भूकम्प प्रतिरोधी बन्नेछ,’ आयोजना प्रमुख महर्जनले भने। ३ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत २१ करोड ७६ लाख ९९ हजार २०० रहेको छ।

प्रकाशित: Dec 16, 2022| 14:54 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्