आइतबार, जेठ ५, २०८२

नाडाको प्रदर्शनलाई समर्थन गर्दै पोखरामा वाडाको धर्ना

पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना कार्यक्रम गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

पोखरा- पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना कार्यक्रम गरेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन नाडाले सरकारले ८ महिना अघिदेखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि नगद मार्जिनको व्यवस्था हटाउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।

नाडाले गरेको विरोध प्रदर्शनलाई समर्थन गर्दै वाडाले पनि पोखरामा धर्ना कार्यक्रम गरेको हो। वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एसोसिएसन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समर्थन गरेका थिए।   पोखराको मानवअधिकार चोकमा बिहीबार भएको धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनवाइइएफका अध्यक्ष सुयस मल्ललगायतले बोलेका थिए।

धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन-२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।


प्रकाशित: Dec 14, 2022| 17:35 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।