धनगढी- बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरोले सडक अवरुद्ध भएको प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रु अलपत्र छन् । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको जनाइएको छ।