आइतबार, असार १५, २०८२

विदेशी कलेजको व्यवस्थापन गर्दै इस्लिङ्टन

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ।

काठमाडौंमा इस्लिङ्टन कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेन्ड टिचर र आरभीआई ग्रुप बीचमा लन्डन बीए (अनर्स) बिजनेस प्रशासन कोर्स अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। उक्त विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बीए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्न चार निकायबीच सम्झौता भएको कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए।

विश्वविद्यालयले तयार गरेको पाठ्यक्रमका आधारमा म्यानमार र थाइल्यान्डमा अध्यापन हुनेछ। आगामी फेब्रुअरीबाट कक्षा सञ्चालन हुने जनाइएको छ। आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ। अनलाइन शिक्षाका लागि प्लेटफर्मका रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दै छ। माई सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित: Dec 12, 2022| 16:15 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्