आइतबार, असार १५, २०८२

कोकाकोलाको सहयोगमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट

कोका-कोला फाउन्डेसनको आर्थिक सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ। अस्पतालको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरिएको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- कोका-कोला फाउन्डेसनको आर्थिक सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ। अस्पतालको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरिएको छ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सक्ने, प्लान्टले प्रतिसेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सक्ने कोका-कोला फाउन्डेसनले जनाएको छ। अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंले कोभिड महामारीले अकस्मात् आईपर्न सक्ने विपत्तिबाट बच्न तयारी अवस्थामा रहनुपर्छ भन्ने सन्देश छाडेको बताइन्। सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ।


प्रकाशित: Dec 10, 2022| 15:28 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्