शनिबार, जेठ ११, २०८२

सुदूरपश्चिममा चार वर्षमा २१ सय ८८ जनाले गरे आत्महत्या

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढेको छ। प्रदेशमा चार वर्ष अवधिमा दुई हजार बढीले आत्महत्या गरेका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

धनगढी- सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढेको छ। प्रदेशमा चार वर्ष अवधिमा दुई हजार बढीले आत्महत्या गरेका छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आव २०७४/०७५ देखि  आव २०७७/०७८ सम्म दुई हजार एक सय ८८ जनाले आत्महत्या गरेका छन्। 

आव २०७४/०७५ मा चार सय ९६ जनाले आत्महत्या गरेकामा आव २०७७/०७८ मा ६ सय ८० जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आव २०७४/०७५ भन्दा आर्थिक वर्ष ०७५/०७६ मा आत्महत्या गर्नेको संख्या घटेको भए पनि त्यसपछिका वर्षमा भने बढेको देखिएको छ। 

आव ०७५/०७६ मा चार सय ७५ जनाले आत्महत्या गरेकोमा आव ०७६/०७७ मा पाँच सय ३७ जनाले आत्महत्या गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या उच्च छ। चार वर्षमा सुदूरपश्चिममा एक हजार पाँच सय ३३ जनाले आत्महत्या गरेका छन्। आव ०७४/०७५ मा दुई सय ९४ जनाले झुण्डिएर आत्महत्या गरेकोमा आव ०७५/०७६ मा तीन सय ३८, आव ०७६/०७७ मा चार सय पाँच र आव ०७७/०७८ मा चार सय ९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। 

विष सेवन गरेर ६ सय ६, पानीमा हाम फालेर २०, आगो लगाएर १०, करेन्ट लगाएर ९, हाम फालेर ५, हातहतियार प्रयोग गरेर ४ र कर्तव्य गरी आत्महत्या एक जनाले गरेका छन्। 

मुलुकी अपराध संहिता लागू भएपछि सुदूरपश्चिममा एक सय नौ जना विरुद्ध आत्महत्या दुरुत्साहमा मुद्दा चलाएको प्रदेश प्रहरीले जनाएको छ।

प्रदेश प्रहरीका अनुसार आव ०७५/०७६ देखि ०७७/७८ सम्ममा एक सय नौ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ। 

आव ०७५/०७६ मा २७, आव ०७६/०७७ मा ४१ र गत आर्थिक वर्षमा ४१ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको हो।

प्रकाशित: Aug 11, 2021| 07:20 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।