काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्नमाध्यमिक तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनिक गरिने बताएको छ।
मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।
आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार मावि तहमा सिफारिस भइसकेकाले निमावि तहमा पनि नाम निकालेको पाइएको छ। यसले कोटा ल्याप्स हुने देखिएकाले निमाविको अन्तर्वार्ताबाट सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो।
निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकाले यस्तो गरिएको प्रवक्ता मरहठ्ठाको भनाइ छ। आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदका लागि २८ मंसिरदेखि ३ पुससम्म अन्तर्वार्ताको मिति तोकेको छ।