आइतबार, असार १५, २०८२

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

झापा- जिल्लामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स संक्रमित थपिएका छन्। यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी संक्रमित थपिएका हुन्। गत वर्ष ३० जनामा एचआइभी एड्स संक्रमण भएको थियो।

जिल्लामा हाल छ सय ३६ एचआइभी संक्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन्। दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ।

प्रकाशित: Dec 01, 2022| 11:16 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्