आइतबार, असार १५, २०८२

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं– नेपालमा पछिल्लो पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गत पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले घटेको देखाएको हो।

सन् २०२२ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराएको उल्लेख छ। पाँच वर्ष पहिले अर्थात् सन् २०१६ को प्रतिवेदनले पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो।

सोही प्रतिवेदनमा ६ देखि २३ महिना उमेरका ४३ प्रतिशत बालबालिकालाई मीठो पेय पदार्थ खुवाएको देखाएको छ भने ६९ प्रतिशत बालबालिकालाई अस्वस्थकर खानेकुरा खुवाएको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा पूर्ण स्तनपान गराउने १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत, २०११ मा ७० प्रतिशत, २०१६ मा ६६ प्रतिशत थियो। बच्चालाई जन्मेदेखि ६ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन चिकित्सले सुझाव दिँदै आएका छन्।

प्रकाशित: Nov 26, 2022| 11:52 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्