आइतबार, असार १५, २०८२

लोकसेवा आयोगद्वारा स्वास्थ्य सेवातर्फ विज्ञापन आह्वान

केन्द्रीय लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ विभिन्न पदका लागि विज्ञापन गरेको छ। आयोगले सातौँ र आठौँ तहको अधिकृतका लागि विभिन्न विज्ञापन गरेको हो।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- केन्द्रीय लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ विभिन्न पदका लागि विज्ञापन गरेको  छ। आयोगले सातौँ र आठौँ तहको अधिकृतका लागि विभिन्न विज्ञापन गरेको हो। 

आठौँ तहमा मेडिकल अधिकृत १५ जनाका लागि विज्ञापन गरिएको छ। साथै बायोमेडिकल इञ्जिनियर, स्वास्थ्य, विविध, बायोमेडिकल इञ्जिनियरिङ्ग डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इञ्जिनियर पदका लागि पनि विज्ञापन गरिएको छ। 

सोतौँ तहमा  नर्सिङ अधिकृत, मेडिकल ल्याव टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्नोलोजिष्टको माग गरिएको छ। 

नर्सिङ अधिकृत अधिकृतको पदपूर्ति भने आन्तरिक प्रतिस्पर्धाबाट हुने आयोगले जनाएको छ। 

मंसिर २० गतेसम्म आवेदन फाराम भर्न सकिने छ। दोब्बर दस्तुर तिरेर २१ गतेदेखि २७ गतेसम्म भर्न सकिने आयोगले जानकारी दिएको छ।

प्रकाशित: Nov 16, 2022| 10:13 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्