आइतबार, असार १५, २०८२

डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

चितवन- जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ। संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन्। ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ। जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगु रोग देखिएको थियो। 

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो। कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए।

प्रकाशित: Nov 15, 2022| 16:07 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्