आइतबार, असार १५, २०८२

क्युरेक्स फार्मास्युटिक्ल्सले उत्पादन गरेको भिटामिन सी बजारबाट फिर्ता गर्न निर्देशन

बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न  औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ। 

Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg  औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको थियो ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं. का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा देहायका औषधिहरूको न्यून गुणस्तर भएकोले उक्त ब्याच नं. का औषधिहरू औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ।’

प्रकाशित: Nov 15, 2022| 07:00 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्