काठमाडौं- बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल 'डी' र एसभीट औषधि गुणस्तरहीन पाइएको छ।
औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो।
विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
विभागले फिर्ता गर्न भनेको औषधि बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौंको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो।