आइतबार, असार १५, २०८२

नेपालमा ५ सय ३० सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन। सही अविधमा थप २४ संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेका छन्।

प्रकाशित: Nov 12, 2022| 17:25 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्