आइतबार, असार १५, २०८२

पोलियोविरुद्ध खोप लगाउने समय तालिका फेरबदल

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा दिइँदै आएकामा पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा दिइने।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिवर्तन भएको छ। स्वास्थ्य मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने समय तालिका संशोधन गरेको हो।

सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयअन्तर्गको परिवार कल्याण महाशाखाले बताएको । हाल प्रभावकारिताका लागि पोलियोविरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा भनिएको छ।

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा खोप सल्लाहकार समितिले एफआईपिभी नियमित खोप प्रत्येक बालबालिकालाई पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा दिन सुझाएको छ।

प्रकाशित: Nov 11, 2022| 16:06 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्