आइतबार, असार १५, २०८२

सिन्धुपाल्चोकमा एचआईभी संक्रमित १२१

गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभी/एड्स देखिएको थियो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा एचआईभी संक्रमितको संख्या १२१ पुगेको छ। लामो समयदेखि जिल्लामा एचआईभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार संक्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन्। 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआईभी संक्रमित भेटिएका छन्। ३० जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष छन्।

गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभी/एड्स देखिएको थियो। समूहका अध्यक्ष तामाङका अनुसार यो संख्या अझै बढी हुनसक्छ। उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको संख्या अझै बढी रहेको अनुमान गरेका छौं। मिर्मिरेको तथ्यांकमा जिल्लामा ६ बालबालिकामा एचआईभी भेटिएको छ। 


प्रकाशित: Nov 10, 2022| 03:05 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्