काठमाडौं- पछिल्लो एक सातामा तीन सय जनामा डेंगुको संक्रमण देखिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।
कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।