आइतबार, असार १५, २०८२

कोभिड अपडेट : थप १६ जनासहित ५ सय ६२ सक्रिय संक्रमित

शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पाँच सय ६२ छ। नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पाँच सय ६२ छ। नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन्। 

खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्। पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 05, 2022| 18:52 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्