सोमबार, असार १६, २०८२

बागमतीमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

बागमती- बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ। यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ।

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौंमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्यांक जनाइएको छ। काठमाडौंमा १३ हजार दुई सय जनामा डेंगु संक्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो। 

यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभ्रेपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ। यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित: Nov 05, 2022| 17:40 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्