सोमबार, असार १६, २०८२

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन्। जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन्। चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ। चितवनमा यो अवधिमा डेंगु संक्रमणबाट तीन जनाको ज्यान गएको छ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगु संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। 

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको केसीले बताए। इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। अझै केही समय डेंगु संक्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ।

प्रकाशित: Oct 28, 2022| 08:47 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्