आइतबार, जेठ ५, २०८२

वर्षभर सुनसान मन्दिरमा घन्चमन्च [फोटो फिचर]

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ। बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड बालगोपाल मन्दिरमा लागेको हो।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं- रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ। बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड बालगोपालेश्वर मन्दिरमा लागेको हो। 

दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वरलाई पूजा गरेर टीका लगाउने गर्छन्। भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न पाउने आउने क्रम जारी छ। 

२०७२  वैशाख १२ गतेको भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो। त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए। त्यसबेला छठमा भने मन्दिर खुला गर्ने गरिएको थिएन। 

भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको महानगरले बताएको छ। यस वर्षदेखि छठमा पनि रानीपोखरीमा खुला गर्ने तयारी गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रकाशित: Oct 27, 2022| 15:17 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।