काठमाडौं– बीबीए र बीएचएम अध्यापन गराउँदै आएको शुभश्री कलेज काठमाडौं ‘गुडविल एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएको छ। युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजित एक कार्यक्रमका बीच गत बिहीबार कलेज रिडर्स एजुकेसनले ‘नेपाल एजुकेसन अवार्ड २०२२’ कार्यक्रममा शुभश्रीलाई अवार्डले सम्मानित गरेको हो।
नेपाल बिजनेस काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्धिकी र यूएई सरकारका सहसचिव मोहम्मद हुसेनले शुभश्री कलेजका कार्यक्रम संयोजक दिपेश लामिछानेलाई सम्मान हस्तान्तरण गरेका हुन्। कार्यक्रम संयोजक लामिछानेले कलेजलाई गरेको सम्मानले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्न प्रेरणा मिलेको बताए। उनले शुभश्री कलेजले आफ्ना शैक्षिक कार्यक्रममार्फत व्यवहारिक शिक्षामा जोड दिँदै आएको र यसबाट अभिभावक तथा विद्यार्थी अधिकतम सन्तुष्ट रहेको बताए।
उनले भने, ‘कलेजले अनुसन्धानमूलक, व्यवहारिक तथा सीपमूलक शिक्षण पद्धतिमार्फत रोजगारमुखी व्यवस्थापक, उद्यमशील र नेतृत्वदायी मानव संशाधन उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरिरहेको छ र आगामी दिनहरुमा अझै परिस्कृत बनाउँदै लैजाने छ।’
काठमाडौंको नयाँ बानेश्वररमा सञ्चालित शुभश्री कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। शुभश्रीमा बीबीए र बीएचएम कार्यक्रम सञ्चालनमा छन्।