सोमबार, असार १६, २०८२

डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंङ्गु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- उपचारका क्रममा डेंङ्गु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेंङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ।

जसमध्ये दुई जना चितवनका हुन्। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेंङ्गु देखिएको उनले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये एक हजार ८३ जना चितवनका रहेका छन्। 

दुई सय तीन जनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन्। सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: Oct 16, 2022| 21:40 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्