मंगलबार, जेठ ७, २०८२

'प्राकृतिक रूपमै मसँग फिनिसिङ गति राम्रो छ'

पछिल्लो समय चोटका कारण खेल अभ्यास गर्न नसकेकी सन्तोषीले दृढ आत्मविश्वासका कारण एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जित्न सफल भइन्।
 |  शनिबार, असोज २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असोज २९, २०७९

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेन्डमा पूरा गरी स्वर्ण जितेकी छन्।  पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन।

स्वर्ण जितेपछि धाविका श्रेष्ठले शनिबार आफ्नो अवस्था रेकर्ड बनाउन सक्ने रहेको दाबी गरेकी छन्। ‘आज मसँग रेकर्ड बनाउन सक्ने क्षमता थियो,’ उनले खेलपछि भनिन्, ‘मेरो रणनीति पहिलो पाँच किलोमिटर दौडिने अनि खुट्टाको अवस्था विचार गरेर रेकर्डका लागि प्रयास गर्ने भन्ने थियो।’

खेलपछि उनलाई लागेको छ, रेकर्ड अलिकति पूरा गरेको भए हुन सक्थ्यो होला। तर पछिल्लो समय उनको अभ्यास लामो थिएन। उनी भन्छिन्, ‘छाला पातलो भएर पनि समस्या छ। त्यसैले रेकर्ड गर्न सकिनँ अनि मेडल सेभ गर्नतर्फ लागें।’

त्यसो त, सन्तोषीले पछिल्लो समय चोटका कारण धेरै खेलमा राम्रो गर्न सकेकी छैनन्। तर जति खेलमा सहभागी बनेकी छन्, ती घेरेलु खेलकुदमा उनी अघि नै छन्।

‘दक्षिण एसियाली खेलकुदमा १० हजारमा पहिलोचोटि थियो। यौ दौड पहिलो होइन। ममा  धेरै चोट आइरहेका छन्। रघु(ओन्त) गुरु, चन्द्र(बहादुर तामाङ) गुरु र विदेशी गुरु भएर म टिकिरहेकी छु,’ कुराकानीको सुरुमा उनले भनिन्, ‘चोट लाग्यो भने कि रेस्ट गर्ने हो कि अभ्यास गर्ने हो। मिलाएर गरिरहेकी छु।’

सन्तोषी १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले काठमाडौंमा कीर्तिमानी स्वर्ण जितेकी थिइन्। ‘जीवन र रनिङ भनेपछि अहिले अप र कहिले डाउन हुन सक्छ। यदि पूरा तयार छैन भने अघि जान सक्छु भन्ने हो। मेरो केही कमजोरी पनि छ। खुट्टामा त्यही कुरालाई ध्यानमा राखेर दौडिरहेकी छु,’ उनले भनिन्।

उनले शनिबार आफ्नो शरीरलाई पूरा जोड नदिईकन दौडिएर पनि स्वर्ण जितेको बताएकी छन्। ‘मैले रिल्याक्स गर्न खोजेर दौडिएँ। मैले अरुसँग भन्दा पनि मेरो अवस्थासँग जुधेर दौडिरहेकी थिएँ। सुरुमा टोको जोइन्ड र मुटुमा समस्या भएर एक महिनाजति हिँड्न सकिएन,’ उनले भनिन्।

पछिल्लो समय चोटले गर्दा अन्तर्राष्ट्रिय क्लबमा सहभागी हुन पनि नसकेको उनको भनाइ छ। ‘एक ठाउँमा चोट लागेपछि मलाई लेग अनल्ब्यालेन्स भएर ह्यामस्टिङङ, ग्लुट, सफ्ट टिस्यु र मसलमा चोट लागेको छ। तर यत्ति दौडिन सकिरहेकी छु। मेरो तयारी ठीकठीकै थियो। तर रघु गुरुले अरुको तुलनामा मेरो राम्रो तयारी भएको बताउनुभएको थियो। चिन्ता नलिनू भन्नुभएको थियो,’ उनले भनिन्।

१० हजार मिटरतर्फ राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेन्डमा पूरा गरेकी थिइन्। एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेन्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन्।

सन्तोषीका लागि पछिल्लो समय त्यति सहज थिएन। उनले एक महिनामा बीचको एक साता आराम गर्नैपर्ने भयो। तर पछिल्लो समय अभ्यास राम्रो हुँदै गएपछि उनले स्वर्णमा सहजै स्थान बनाउन सकिन्।

उनले शनिबार आधारभूत अभ्यास गरेर स्वर्ण जितेको बताइन्। ‘आज जसरी पनि कोर्स पूरा गर्ने लक्ष्य थियो। तर प्राकृतिक रुपमै मसँगै फिनिसिङ स्पिड राम्रो छ,’ उनले भनिन्, ‘दक्षिण एसियाली खेलकुदमा मैले त्यसरी नै जितेकी हुँ।’

प्रकाशित: Oct 15, 2022| 14:57 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।