काठमाडौं- नेपालमा भ्याक्सिन भण्डारण क्षमता कोभिड संक्रमणयता ह्वात्तै बढेको छ। कोभिड आउनुअघि नेपालमा जम्मा ११५ क्युबिक लिटर क्षमता थियो। नियमित खोपका लागि १११ क्युबिक लिटर र ४ क्युबिक लिटर अन्य भ्याक्सिन राख्न सक्ने क्षमता बाँकी थियो।
विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। हाल फाइजर खोप नै अल्ट्राकोल्डचेनमा ३० लाखसम्म एकै पटक भण्डारण गर्न सक्ने क्षमता विकास भएको छ। फाइजर खोप माइनर ८० डिग्रीसम्म चिस्यानमा राखिन्छ।
कोभिड आइसकेपछि सुरुमा ल्याइएका भ्याक्सिन लामो समयसम्म भण्डारण गर्नुपर्ने भएपछि हामीलाई निकै गार्हो भएको थियो। त्यतिबेला हामीले छोटो समय भण्डारण गर्न हामीले भ्याक्सिन ल्याउनकै लागि मात्र मिलायौं। सहज भण्डारणका लागि कोभिड भ्याक्सिन भण्डारण गर्ने स्थानको प्रयोग गर्नुका साथै एयरपोर्टको भण्डारण कक्ष र निजी क्षेत्रलाई पनि प्रयोग गर्यौं। त्यसपछि सरकारसँग भएको रेफ्रिजेटरबाट ढुवानीको काम पनि गरियो। जिल्ला–जिल्लामा भ्याक्सिन पठाएर भ्याक्सिन लगाउने अभियान पनि सुरु भइसकेको थियो। उता भ्याक्सिन प्राप्त गरियो भने यता भ्याक्सिन लगाउने कार्यलाई पनि निरन्तरता दिइएको थियो।
त्यसैले सुरुको समय थोरै स्थानमा पनि भण्डारण गर्यौं। औषधी आउन थालिसकेपछि भण्डारणका लागि पर्याप्त स्थान हुनुपर्छ भन्ने विषयमा छलफल भयो। यसका लागि सरकारी र सम्बन्धित निकायबाट मात्र नभई दातृ निकाय, निजी संस्था आदिबाट पनि सल्लाह र सहयोग दुवै आउन थाले।
हाल सरकारसँग भ्याक्सिन भण्डारण क्षमता २४३ क्युबिक लिटर छ। यसबाट एकैसाथ करोडौं डोज भ्याक्सिन भण्डार गर्न सकिन्छ। यो भण्डारण क्षमता काठमाडौं केन्द्रित नभएर नेपालका धेरै जिल्लामा रहेको छ। अहिले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभाग फाइजर भ्याक्सिन सुरक्षित साथ भण्डारण गर्न सक्ने अवस्थामा रहेको छ।
विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। कोरोना महामारीको पाठलाई सिकेर सरकारकै प्रयत्नका कारण यो सम्भव भएको हो।
अहिले ३० लाख फाइजर भ्याक्सिन अल्ट्रा कोल्डचेनमा राख्न सक्ने क्षमताको विकास भएको छ। यसका लागि सरकारको तीनै तहको सहयोग रहेको छ भने अन्य निकायको पनि उस्तै सहयोग छ।
कोभिड खोपमा गरेको प्रगतिका कारण सरकारको अर्बौं रकम बचत भएको छ
नेपालमा भ्याक्सिन कति आयो भन्ने चासोको विषय सबैलाई थियो र हुन जरुरी पनि हो। विश्वमा महामारीका रूपमा फैलिएको कोभिड भ्याक्सिनबारे आममानिसलाई चासो हुनु स्वाभाविकै हो। नेपाल सरकारलाई हालसम्म ६ करोड ३२ लाख भ्याक्सिन प्राप्त भएको छ। यसमध्ये जम्मा २ करोड खरिद भएको छ भने ४ करोड बढी अनुदानबाट प्राप्त भएको छ। खोप अभियानबाट नेपालले छोटो समयमा उल्लेख्य प्रगति हासिल गरेका कारण विभिन्न देशले नेपाललाई अनुदानमा खोप उपलब्ध गराएका हुन्। सरकारले किन्न तयार गरेको बालबालिकाका लागि प्रयोग गरिने पेडियाट्रिक भ्याक्सिन पनि नेपालले भ्याक्सिनमा गरेको प्रगतिका कारण अनुदानमै प्राप्त गरेको हो।
वयस्कलाई भ्याक्सिन आयो तर अब बच्चाका लागि कहिले आउँछ भन्ने आमचासो थियो। त्यसपछि नेपाल सरकारको काम र सक्रियताले ८४ लाख फाइजर खोप बच्चाका लागि अनुदानमा प्राप्त गरेको हो। यसका लागि नेपालका हरेक स्थानबाट खेलिएको भूमिका उल्लेख्य छ। यसले गर्दा नेपाल सरकारको अर्बौं रुपैयाँसमेत बचत भएको छ।
यसले पनि विश्वसामु के देखायो भने सबै मिलेर काम गरे जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत् र नेपालको कोभिडविरुद्धको खोप जनतालाई पुगेको सहजताले समेत दिएको छ।
अर्काे चासोको विषय के भने एक पटक भ्याक्सिन हराएको हल्ला बजारभरि भएको थियो। काम गर्ने क्रममा तथ्यांक तलमाथि भएको थियो। नेपाल सरकारलाई पनि गाह्रो थियो। मानिससमक्ष भ्याक्सिन पु¥याउन परिहाल्यो। त्यसले गर्दा अलिकति तथ्यांकमा समस्या आएको थियो। तर मिडियामा भ्याक्सिन हराएको चर्चा बढी भयो र बजारमा त्यही कुराले सनसनी पायो। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेर छानबिनसमेत गरेको थियो।
उक्त समितिले भ्याक्सिन नहराएको तथ्यांकमा राख्न नसकिएको निष्कर्ष निकालेको थियो। महामारी आक्रान्त र जनशक्ति अभावका कारण गाउँ–गाउँमा पुगेको भ्याक्सिन रिपोर्टिङ समय कोभिडका कारण भएको थिएन। कार्यगत त्रुटिका कारण गलत सूचना प्रवाह भयो, हराएको होइन।