आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी, यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण

प्रदेश १ सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी, यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण

प्रदेश १ सरकारले सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

विराटनगर- प्रदेश १ सरकारले सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ।

प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेशको सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण दिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो।

अध्यादेशमा सरकारले कर्मचारीको सरुवा–बढुवाको बाटो पनि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए। 

संघबाट समायोजन भई प्रदेशमा आएका कर्मचारीको ग्रेड वृद्धि रोकिएकाले अध्यादेशले बाटो खुला गरेको बताए। अध्यादेशले स्थानीय तहबाट अन्तर तह प्रतिस्पर्धामार्फत प्रदेशमा आउने बाटो पनि खुला गरेको छ।

मन्त्री घिमिरेका अनुसार ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न पनि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको बताए।

बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसबमोजिम विषयगत सल्लाहकार नियुक्ति गर्ने निर्णय गरेको उनले बताए। अध्यादेश ल्याएको ६ महिनाभित्रमा संसद्‌बाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Sep 27, 2022| 18:20 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।