सोमबार, असार १६, २०८२

पछिल्लो २४ घन्टामा थपिए १०५१ डेंगु संक्रमित

हालसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं– पछिल्लो २४ घन्टामा १०५१ जना डेंगु संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमण भएको छ।

लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेसमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगुका बिरामी नेपालमा पहिलो पटक २०६१ मा भेटिएका थिए। हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी सरकारको छ। संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Sep 26, 2022| 15:54 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्