काठमाडौं- नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। ७६ जिल्लामा फैलिएको डेंगुबाट उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
हालसम्म संक्रमितको संख्या २२ हजार ९८८ पुगेको छ। मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ। लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ।
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु संक्रमण भएको भेटिएको थियो।