सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • तौल घटाउन जिम थालेकी थिएँ, स्ट्रेन्थलिफ्टिङमा स्वर्ण जितेँ : दीपा विष्ट [कुराकानी]

तौल घटाउन जिम थालेकी थिएँ, स्ट्रेन्थलिफ्टिङमा स्वर्ण जितेँ : दीपा विष्ट [कुराकानी]

स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो। त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर तौललाई माथि उचाल्ने क्षमता हो। मैले यसैमा गोल्डमेडल जितेकी हुँ।
 |  शनिबार, असोज ८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, असोज ८, २०७९

स्ट्रेन्थलिफ्टिङ नयाँ खेल हो। सन् २००४ मा भारतको कलकत्ताबाट सुरु भएको यो खेल विस्तारकै क्रममा छ। १४ देशसम्म पुगिसकेको खेलमा पछिल्लो पटक क्यानडा जोडिएको छ।

नेपालमा औपचारिक रुपमा स्ट्रेन्थलिफ्टिङ खेल शुरु भएको एक वर्ष भयो। सन् २०२१ बाट औपचारिक रूपमा खेल्न सुरु गरिएको हो। नेपालमा यसको आफ्नो संघ छैन। 

स्ट्रेन्थलिफ्टिङको संघ बनाउन अहिले जिल्ला समितिहरू गठन भइरहेका छन्। ७७ वटै जिल्ला समिति बनेपछि मात्रै राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीमा आबद्ध हुन सकिने व्यवस्था छ। औपचारिक रुपमा खेल्न शुरु गरेको एक वर्ष भित्रमै अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडी मोरङ सुन्दरहरैँचा ११ की २६ वर्षीया दीपा विष्टले स्वर्ण पदक हात पारेकी छिन्। 

भदौ २० देखि २८ गतेसम्म किर्गिस्तानमा आयोजित विश्व प्रतियोगितामा सहभागी १४ देशका खेलाडीलाई उनले पराजित गरिन्। ७२ केजीमाथिको तौलमा भारत र पाकिस्तानका खेलाडीले विष्टलाई चुनौती दिएका थिए। तर, त्यस चुनौतीलाई सहज ढंगले पन्छाउँदै उनले स्वर्ण पदक जित्न सफल भइन्। उनै दीपा विष्टसँग नेपाल समयका नेत्र पी अधिकारीले गरेको कुराकानी: 

स्ट्रेन्थलिफ्टिङ कस्तो खेल हो?
यो खेल नेपालमा स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी)लाई दर्ता भएको आधिकारिक खेलका रूपमा खेलाइएको छैन। यो खेलको संघ पनि गठन भएको छैन। यो खेलमा तीनवटा खण्ड हुन्छन्। स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो। त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर तौललाई माथि उचाल्ने क्षमता हो। मैले यसैमा गोल्डमेडल जितेकी हुँ। 

स्ट्रेन्थलिफ्टिङ खेलप्रति कसरी रुचि बढ्यो? 
म काठमाडौं गएको ४ वर्ष भयो। खासमा पोर्चुगल जाने प्रक्रिया मिलाउन काठमाडौं गएकी थिएँ। काठमाडौं गएपछि मेरो तौल बढी भएकाले जिम जाने निर्णय गरेँ। त्यहीबीचमा कोरोना महामारी आयो। पोर्चुगल जान मिलेन। त्यही समयमा जिममा अझ फोकस भएँ। जिममा मेरो लगाव २०७२/०७३ देखि नै हो। 

जिममा हेभी लिफ्ट गर्न मन लाग्यो। बडी बिल्डिङको ट्रेनिङ सुरु गरेँ। त्यसपछि स्ट्रेन्थलिफ्टिङको पनि ट्रेनिङ गरेँ। मैले पावर लिफ्टिङको ट्रेनिङ पहिले नै गरेकी थिएँ। स्ट्रेन्थलिफ्टिङको ट्रेनिङ एक महिना गरेलगत्तै झापामा गेम हुने भयो। प्रदेशस्तरीय प्रतियोगितामा मैले पनि भाग लिएँ। 

प्रकाशित: Sep 24, 2022| 06:05 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।