मंगलबार, असार १७, २०८२

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले लिएको कक्षा ९ को सामाजिक विषयको प्रश्नपत्रमा नै नेपालका प्रधानमन्त्रीले छिमेकी देशको थिचोमिचो निरीह भएर सहेको आरोप लगाइएको छ। दोस्रो त्रैमासिक परीक्षाका लागि सोधिएको प्रश्नका विषयमा विभिन्न संस्थाहरूले आपत्ति जनाएपछि एन प्याब्सनले क्षमायाचना समेत गरेको छ। 

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो। 

एनप्याब्सनले जारी गरेको विज्ञप्तिमा भने हिज्जेगत त्रुटि मात्र भएको दाबी गरिएको छ। 'प्रश्नपत्र छपाईका क्रममा हिज्जेगत त्रुटी हुन गई प्रश्नको आशय फरक पर्न गएको प्रति संगठन क्षमायाचना गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'प्रश्नपत्र निर्माणमा संलग्न सामाजिक अध्ययन विषय उपसमितिलाई स्पष्टीकरण सोधी संगठनले आवश्यक कारबाही गरिसकेको कुरा अवगत गराइन्छ।'

एनप्याब्सनका अध्यक्ष खडकबहादुर बस्नेत र सचिव अमृतकुमार खड्काले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत जनाइएको छ। 

प्रकाशित: Sep 23, 2022| 18:20 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्