मंगलबार, असार १७, २०८२

रित्तै फर्कियो डा केसीलाई लिन गएको स्काई ट्रक

डा केसी धनगढीको सेती प्रादेशिक अस्पतालमा ९ दिनदेखि अनसनरत छन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई लिन गृह मन्त्रालयले स्काइ ट्रक पठाएको थियो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

धनगढी- ९ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई लिन आएको नेपाली सेनाको स्काइ ट्रक (हेलिकोप्टर) रित्तै फर्किएको छ। डा केसीले सरकारी खर्चमा काठमाडौं जान इन्कार गरेपछि गृह मन्त्रालयले पठाएको स्काइ ट्रक रित्तै फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। 

डा केसी धनगढीको सेती प्रादेशिक अस्पतालमा ९ दिनदेखि अनसनरत छन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई लिन गृह मन्त्रालयले स्काइ ट्रक पठाएको थियो। 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका ७ बुँदे माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा केसीका प्रतिनिधि र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भए पनि सहमति जुट्न सकेको छैन। 

डा.केसीले आफूले राखेका मागहरु सम्बोधन नभएसम्म अनशन जारी राख्ने अडान लिँदै आएका छन्। 

प्रकाशित: Sep 20, 2022| 18:13 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्