मंगलबार, असार १७, २०८२

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन्। नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटीका लागि दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन्। हलेसी तुवाचुङ नगरपालिका चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोटमा परेका छन्।

ऐँसेलुखर्क गाउँपालिकाका छवटा विद्यालय छनोट भएका छन्। चारकोठे भवन दुईवटा, दुईकोठे भवन दुईवटा र दुईवटा आइसिटीका लागि विद्यालय छनोट भएका हुन्। 

रावाबेँसी गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटीका लागि दुईवटा गरी चारवटा विद्यालय छनोट भएका छन्। खोटेहाङ गाउँपालिकामा चारकोठे एक, दुईकोठे तीन र आइसिटी दुई गरी छवटा विद्यालय छनोटमा परेका छन्।

जन्तेढुङ्गा गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटी दुई गरी चारवटा विद्यालय छनोट भएका छन्। बराहपोखरी गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोट भएका छन्। 

केपिलासगढी गाउँपालिकामा चारकोठे दुई र दुईकोठे तीनवटा गरी पाँचवटा विद्यालय छनोट भएका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुईकोठे दुईवटा, आइसिटी चारवटा गरी छवटा विद्यालय छनोटमा गरिएको छ। 

साकेला गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन्। जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न ५३ वटा विद्यालय छनोटमा परेको हो। 

कार्यक्रमअन्तर्गत चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठे भवनका लागि रु २५ लाख तथा आइसिटी भवनका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ। उक्त कार्यक्रमका लागि जिल्लामा रु १२ करोड ९३ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जनाएको छ। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ वटा मावि, ६७ वटा निमावि र तीन सय ३० वटा आधारभूत गरी चार सय ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। जिल्लाका सबै विद्यालयलाई सम्बन्धित स्थानीय तहको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउन अभियान सुरु गरिएको छ। 

प्रकाशित: Sep 18, 2022| 22:00 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्