काठमाडौं- पछिल्लो २४ घण्टामा सयभन्दा कममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन्। यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ। सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन्।
यस्तै होमआइसोलेसनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेसनमा ६४, सघन उपचारकक्ष (आइसीयू)मा २० जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन्।