मंगलबार, असार १७, २०८२

१३ हजार ७ जनामा डेंगु संक्रमण, मृतकको संख्या १३ पुग्यो

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा ४ हजार ९८, काठमाडौँमा ३ हजार ५२ र मकवानपुरमा १ हजार ४२२ जना सङ्क्रमित छन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार ७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। 

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा ४ हजार ९८, काठमाडौँमा ३ हजार ५२ र मकवानपुरमा १ हजार ४२२ जना सङ्क्रमित छन्।

यस्तै रुपन्देहीमा ६४१, भक्तपुरमा ४८२, दाङमा ३७८, चितवनमा ३४३, धादिङमा १४५, काभ्रेपलाञ्चोकमा १३४ र दार्चुलामा १२१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। 

डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा ९ हजार ९७१ जना रहेका छन्। हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ।  

प्रकाशित: Sep 16, 2022| 21:39 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्