मंगलबार, असार १७, २०८२

डा केसी अस्पताल भर्ना

‘श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मांसपेशी र टाउको दुख्ने लगायतका समस्या उहाँमा देखिएका छन्,' डाक्टर कमरले भने।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

धनगढी- धनगढीमा सोमबारदेखि २०औं अनशन सुरू गरेका डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। बुधबार स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो।  

डा केसीले खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या आएको अस्पतालका डा शेरबहादुर कमरले बताए। ‘श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मांसपेशी र टाउको दुख्ने लगायतका समस्या उहाँमा देखिएका छन्,' डाक्टर कमरले भने।

केसीलाई उपचार लिन भने अस्वीकार गरेको अस्पतालले जानकारी दिएको छ। 

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा सोमबारदेखि डा केसीले ७ बुँदे मागसहित अनसन सुरू गरेका हुन्। 


प्रकाशित: Sep 14, 2022| 22:26 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्