मंगलबार, असार १७, २०८२

नेपालमा डेंगु संक्रमितको संख्या ९ हजार ८ सयभन्दा बढी

सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपालमा ९ हजार ८ सयभन्दा बढीमा डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत साउनदेखि सोमबारसम्ममा देशभर ९ हजार ८३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।  

सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र  कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएको थियो। 

प्रकाशित: Sep 13, 2022| 21:20 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्