मंगलबार, असार १७, २०८२

डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउनू : स्वास्थ्य मन्त्रालय

हालसम्म ७५ जिल्लाका ८ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्यांक।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले देशभर लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुले महामारीको रूप लिन थागेपछि सर्वसाधारण र कर्मचारीलाई पूरा बाउला भएको लुगा लगाउन आग्रह गरेको  छ। डेंगु संक्रमण बढ्दै गएपछि जोगिन मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन पूरा बाउला भएको लुगा लगाउन आग्रह गरेको हो।  

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगुको प्रकोप सातै प्रदेशमा पुगेको बताए। उनका अनुसार हालसम्म ७५ जिल्लाका ८ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको छ। ‘डेंगु रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय लामुखट्टेको टोकाइबाट जोगिनु हो,’ डा. अधिकारीले भने। 

उज्यालो भएका बेला बिहान र साँझ सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगु हुने भएकाले सतर्कता अपनाउन उनको सुझाव छ। अधिकारीले डेंगुबाट जोगिन कार्यस्थल वरिपरि सफा राख्न आग्रह गरेका छन्। 

‘कार्यालय समयमा पूरा बाउला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीमा आग्रह छ’, मन्त्रालयले भनेको छ।

प्रकाशित: Sep 12, 2022| 13:54 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्