काठमाडौं- काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। टिच फर नेपालको संस्थापक बोर्ड सदस्य समेत रहेकी अर्याललाई महानगरको कार्यपालिका बैठकले नियुक्त गरेको हो।
अर्यालले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्।
पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत मेयर बालेन शाहलाई शिक्षा सुधारको लागि विभिन्न सुझावहरु दिइरहेकी थिइन्।