मंगलबार, जेठ ७, २०८२

सन्दीपविरुद्ध क्यानले तत्काल कुनै 'एक्सन' नलिने

नेपाल क्रिकेट संघ (क्यान) ले पदाधिकारीहरुबीच अनौपचारिक छलफल डाकेको छ।
 |  बुधबार, भदौ २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले पदाधिकारीहरुबीच अनौपचारिक छलफल डाकेको छ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियामा आएका खबरहरुतर्फ इंगित गर्दै आज साँझ क्यानका पादाधिकारीबीच छलफल हुने नेपाल समयलाई जानकारी दिए।

तपाईंहरुले केन्द्रीय समितिको बैठक बेलाउनु भएको हो? भन्ने प्रश्नको जवाफमा चन्दले भने, ‘केन्द्रीय समितिको बैठक बोलाएको होइन। हामीले बेलुका क्यानका पदाधिकारीहरु मिलेर छलफल गर्ने भनेका हौँ।’

आजको छलफलमा सन्दीप लामिछानेलाई बलात्कार मुद्दा लागेको विषयमा अनौपचारिक छलफल हुने चन्दले बताएका छन्। जुन रात बलात्कार भएको भनेर गौशाला प्रहरीमा उजुरी परेको छ, त्यो रात सन्दीप घर जाने भनेर होटल हयात प्यालेसबाट निस्किएका थिए। क्यानले काठमाडौंमा भएका खेलाडीलाई विदेश जानुअघि घर जानका लागि अनुमति दिने गरेको छ।

त्यसरी घर जाने भनेर हिँडेका सन्दीप विभिन्न होटलको क्यामेरामा देखिएका खबर सार्वजनिक भइरहेको छ। नेपाल प्रहरीले पनि यसबारेमा थप छानबिन भइरहेको जानकारी दिएको छ।

त्यही रात बलात्कार भएको भनिएको अनि घर जान लिएको बिदामा बाहिर डुलेपछि क्यानले केहि एक्सन लिन्छ त? जवाफमा  अध्यक्ष चन्दले भने, ‘अहिले क्यानले केहि पनि एक्सन लिँदैन। हामी कानुनी प्रक्रिया पर्खिनेछौं। यदि उहाँ दोषी करार हुनुभयो भने त्यहि अनुसार हुन्छ।’

यदि सन्दीप दोषी नदेखिएमा प्रभाव पर्ने भन्दै क्यानले अहिले एक्सन लिइहाल्ने बारे नसोचेको चन्दले बताएका छन्। ‘हामीले अहिले कसैले पनि मानमर्दन हुने काम गर्न हुँदैन। यो सबै क्रियाकलापबारे हामी अन्तरिक छलफल गर्नेछौं,’ चन्दले भने।

प्रकाशित: Sep 07, 2022| 12:52 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।