काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले १५ चैत २०७८ १५ र ९ असार २०७९ मा परीक्षा सञ्चालन गरेको थियो।
आयोगको सूचनाअनुसार प्रदेश१ को सबै र मधेस प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार)को अन्तर्वार्ता २५ असोज बिहान ८ बजे हुनेछ। यस्तै, मधेस प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार)को अन्तर्वार्ता २५ असोज दिउँसो २ बजे हुनेछ।
बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूरपश्चििम प्रदेशका सबै उम्मेदवारको अन्तर्वार्ता २६ असोज बिहान ८ बजे हुने कार्यतालिका रहेको आयोगले बताएको छ।