काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा २०० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३८१ पीसीआर परीक्षणमा ९२ जना र एन्टिजेन विधिबाट गरिएको २ हजार १५६ परीक्षणमा १०८ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको छ। २४ घण्टामा ३३९ जना निको भएका छन् भने २ लाख ९७ हजार ११५ जनाले खोप लगाएका छन्।