भक्तपुर- कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार ४८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने ५२ प्रतिशत विद्यार्थीको एनजी आएको छ।
जेठ १६ जेठदेखि २५ जेठसम्म सञ्चालन भएको बोर्ड परीक्षामा ४ लाख १० हजार परीक्षार्थी सहभागी थिए। यीमध्ये १ लाख ८८ हजार ४ सय १० जनाले एनजी ल्याएका हुन्। एनजी ल्याएकामध्ये १ लाख ३० हजार ७ सय ७८ ले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउँनेछन्। बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ।
ग्रेड प्रोमोसनको लागि भने असोज ३० र ३१ गते परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।