बुधबार, असार १८, २०८२

स्वास्थ्य बिमाको समस्या समाधान गर्ने प्रतिवेदन केही दिनमै ल्याउछौँ : स्वास्थ्य राज्यमन्त्री

शुक्रबार बसेको स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठकपछि राज्यमन्त्री केसीले यस्तो जानकारी दिएका हुन्। समितिमा केसीको संयोजक छन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले अबको केही दिनमा नै स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धका समस्या समाधान गर्ने गरी प्रतिवेदन आउने जानकारी दिएका छन्। शुक्रबार बसेको स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठकपछि राज्यमन्त्री केसीले यस्तो जानकारी दिएका हुन्। समितिमा केसीको संयोजक छन्। 

बैठकमा स्वास्थ्य बिमाका प्रशासनिक सुधार र व्यवस्थापकीय विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए। बैठकमा स्वास्थ्य बिमाको समस्याबारे जानकारी गराइएको थियो। राज्यमन्त्री केसीले स्वास्थ्य बिमालाई जनतासँग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका थिए। ‘स्वास्थ्य बिमासम्बन्धी प्रतिवेदन केही दिनमा सार्वजनिक गर्छौँ। बिमा कार्यक्रमलाई सबै जनताको साझा कार्यक्रम बनाउन केन्द्रित छुँ,' राज्यमन्त्री केसीलाई उद्धृत गर्दै सदस्यसचिव ढकालले बताए।  

स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समिति गठन भएको थियो। गत साउन २६ मा स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिति गठन गरेको थियो। समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेस गर्न अख्तियारी दिइएको थियो।

प्रकाशित: Sep 02, 2022| 17:45 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्