बुधबार, असार १८, २०८२

कक्षा १२ को नतिजा सार्वजनिक बोलाइयो बोर्ड बैठक

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्न बैठक बोलाएको छ। शुक्रबार अपराह्न साढे ४ बजेका लागि बोर्डले बैठक बोलाएको हो। परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने जानकारी दिए।

यस पटक नन ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदै छ। त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिएको उनले बताए। दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेडिङ सिस्टममा समावेश गरिनेछ। 

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए। यस पटक पास हुन प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत बढी अंक ल्याउनुपर्नेछ।

प्रकाशित: Sep 02, 2022| 15:56 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्