बुधबार, असार १८, २०८२

तालाबन्दीले विश्वविद्यालयको समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्न प्रधानमन्त्री देउवाको आग्रह।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको समाधान खोजिनुपर्ने बताएका छन्। शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटन अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण हिस्सा भएकाले शंकरदेव क्याम्पसलाई खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराइने प्रतिबद्धता उनले जनाए। 

उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेकाले तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने दाबी गरे। ‘तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैनन्। राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर समस्या पहिचान गर्न जरुरी छ,’ उनले भने।

प्रकाशित: Sep 02, 2022| 14:46 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्