काठमाडौं- करिब एक वर्षपछि त्रिभुवन विश्वविद्यालयले तीन वर्षे बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ। पनिकाले वार्षिक प्रणाली अनुरुपको तीन वर्षे बीबीएस प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो।
परीक्षा भएको करिब एक वर्षपछि मात्र नतिजा आएको हो। त्रिविकै नियमअनुसार सामान्यत परीक्षा सकिएको ३ महिनामा नतिजा निकाल्नुपर्ने हो।
परीक्षाफल पनिकाको वेबसाईट अथवा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिनेछ।