काठमाडौं- छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरूको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनीजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार शुरु गरेको छ। यो उपचार पीडादायी हुँदैन र ३० मिनेट मै सकिने यो उपचार पछि छाला चम्किलो र स्वस्थ हुन्छ।
यस डर्मा क्लियर नामक उपचारमा तीन चरणहरू पर्दछन्। पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट विस्तारै कुशलतापूर्वक हटाइन्छ। यसले छालालाई सफा र ताजा बनाउँछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ। अर्को चरणमा छालाबाट फोहोर, सुक्ष्म प्रदूषक र अशुद्ध तत्वहरूलाई सक्शन उपकरण प्रयोग गरी हटाइन्छ।
अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ। यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ। ‘यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुँदैन। उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सकिन्छ’, मल्ल ग्रुप अफ कम्पनीजका अध्यक्ष रामशरण मल्लले भने, ‘पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ। छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ।’
यस डर्मा क्लियर छालासम्बन्धी अन्य विविध उपचारहरूभन्दा अघि हुने पूर्वउपचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस्ता उपचारहरूलाई डर्मा क्लियरले अझ प्रभावकारी बनाउँछ। जस्तैः जन्म चिन्ह हटाउन, कोठी हटाउन, ट्याटु हटाउन इत्यादी। डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको हो। छालाको चीप्लोपना, सुख्खापना, छिप्पिदै गरेको छालाअनुसार छुट्टा–छुट्टै तरिकाले उपचार कार्यक्रमहरू डिजाइन गरिन्छ।
‘डर्मा क्लियर उपचार सेवा शुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौँ,’ मल्लले भने। डर्माक्लियर नेपालमा चिकित्सा उपकरण र सर्जिकल उपकरणहरूमा अग्रणी कम्पनीहरूमध्ये एक धरती मेडिटेकद्वारा नर्भिक अस्पतालमा लन्च गरिएको थियो। कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरू भित्र्याउँदै आएको छ। धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन्।
डर्मा क्लियर अल्माद्वारा प्रस्तुत गरिएको हो। अल्मा लेजर, लाइट–आधारित, रेडियोफ्रिक्वेन्सी, प्लाज्मा र अल्ट्रासाउन्ड समाधानहरूको आविष्कारक भएको कम्पनीले जनाएको छ।