काठमाडौं- विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञपति जारी गर्दै पियन-लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
सेवा-सुविधाको वृद्धि गर्नुपर्ने भन्दै उनीहरू निरन्तर आन्दोलनमा उत्रिरहेका छन्। सँगै काम गरेका शिक्षकहरूको तलब बढ्दा आफूहरूको कहिले नबड्ने र अवकाश पछि सेवा सुविधा पनि नपाउने गरेकोमा उनीहरूको गुनासो छ।
पछिल्लो समय कर्मचारीले माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए। गत ९ गते खुलामञ्चमा प्रदर्शनसमेत गरेका थिए।