बुधबार, असार १८, २०८२

थपिए ३२४ कोरोना संक्रमित, एक जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो। 

१ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ। 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Aug 26, 2022| 16:53 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्